२०६६ मंसिर ५ - विदेसिने सबैको एउटै सपना हुन्छ, पैसा कमाउने । अमेरकिा, युरोप र अरू यस्तै सम्पन्न मुलुक पुग्न पाए यहाँका शिक्षक पनि उता भाँडा माझ्न तयार देखिन्छन्, माझेका छन् पनि । अरू धेरै कुरामा मतान्तर भए पनि सम्पन्न मुलुक पुग्नु र पैसा कमाउनु सायद गरबितम देशका नागरकिका साझा कामना हुन् । काम जस्तोसुकै किन नहोस्, मर्यादा जति कम किन नहोस् लाखौं नेपालीले यही कामना बोकेर देश छाडेका छन्, छाड्दै छन् ।
भारतमा नेपालीको साझा चिनारी 'बहादुर' को थन्काबाट माथि उठेको छैन, बेलायतमा त्यही स्तरको 'गोर्खा' भन्ने पहिचान अझै पनि भत्केको छैन । हुँदाहुँदा खाडी मुलुक र मलेसियातिर कम पैसामा बढी पसिना चुहाउने 'लेवर' को मुख्य उत्पत्ति केन्द्र भनेर पनि यो देश चिनिन थालेको निकै भइसक्यो ।
नेपालको यही पहिचान सायद विश्वव्यापी छ जसले गर्दा उपेन्द्र महतोहरू अर्बाैं रुपैयाँका मालिक हुँदाहुँदै पनि अनगिन्ती मुलुकका अध्यागमन शाखामा दोस्रो दर्जाको व्यवहार खेप्छन् । जति नै पैसा कमाए पनि जीवा लामिछानेहरूको हरयिो पासपोर्टमाथि सधैं केरकार हुन्छ । नानीहरूको पुस्तकमा सीता, बुद्ध र सगरमाथाको देश भनेर नेपालको जति नै बखान गरएिको भए पनि परदेशीका आँखामा यो अस्थिर, गरबि र द्वन्द्वग्रस्त छ । तिनको व्यवहारमा यही कुरो झल्केको हो ।
तर एक नेपाली यस्ता पनि छन् जो तिनै सम्पन्न हुँ भन्नेेलाई सुखपूर्वक बाँच्ने तरकिा सिकाउँदै हिँड्छन् । शान्ति र आनन्द कसरी पाइन्छ भन्ने जान्न तिनै मुलुकका मान्छे उनकोमा आउँछन् । ती रुन्छन्, कराउँछन् र दुःखबाट पार पाउने उपाय सोध्छन् उनीसँग ।
स्वामी आनन्द अरुण तिनलाई ध्यानका अनेक तरकिा सिकाइरहेका हुन्छन्, खुसी हुने अनेक बाटाहरू देखाइरहेका हुन्छन् ।
'पश्चिम पैसाले मात्रै सम्पन्न छ, हृदयले कंगाल' रुस, बेलायत, अमेरकिा र अरू धेरै देशमा अनेक महिना ध्यान शिविर चलाएर केही अघि नेपाल फिरेका उनी हालैको चिसो बिहान तपोवनको एउटा कोठामा शान्तपूर्वक बोलिरहेका थिए, 'पूर्व पैसाले कंगाल छ तर हृदयचाहिँ यति रुख्खिसकेको छैन ।'
उनले यसो भनिरहँदा तपोवनमा गोरा अनुहार गेरु वस् त्र पहिरएिर यताउती टहल्दै थिए । ती उन्मुक्त भएर हाँस्दै र नाच्दै पनि थिए ।
---
स्वामिजी तपोवनमै बस्न चाहन्छन् । तर उनी यहाँ धेरै बस्ने छैनन् । कारण ? 'विदेशबाट बोलावट भएको भयै छ' भन्छन्, 'वर्षभरकिै भ्रमण तालिका बनिसक्यो ।'
अंग्रेजी वर्षको सुरुवाततिर उनी फेर िजानेछन् सम्पन्नहरूको देशमा जहाँ उनलाई 'हामीकहाँ पनि आइदिनुपर्यो' भन्नेहरू अधीरताका साथ पर्खेर बसिरहेका छन् ।
'फेब्रुवरीदेखि अक्टोबरसम्म बाहिर कार्यक्रम छ' उनी भ्रमण तालिका प्रस्ट्याउँदै थिए, 'कम्तीमा ६ महिना तपोवनमै बसूँ भनेको, समय नै पुगेन ।'
उनी १५ फेब्रुवरीदेखि १५ मार्चसम्म अमेरकिा हुनेछन् । त्यसपछि बेलायत, प|mान्स, हल्यान्ड, इटली, जर्मनी र आयरल्यान्ड जानेछन् । त्यसपछि अमेरकिो इस्ट कोस्ट र क्यानडामा शिविर लाग्नेछ । अनि फेर िबेलायत, युक्रेन र रसिया पुग्नेछन् ।
'बीचबीचमा तपोवन पनि आउनेछु' उनले भने, 'स् कटल्यान्ड, बल्गेरयिा बेलारुस र पूर्वी युरोपबाट पनि निमन्त्रणा आएको थियो, फुर्सद मिलेन ।'
यी सबै देशमा उनी घुम्न होइन, ध्यान शिविर चलाउन पुग्नेछन् । त्यहाँ उनका शिष्य-शिष्या बडो प्रेमले पर्खेर बस्छन् । उनलाई श्रद्धाले ढोगिदिन्छन् । तिनलाई उनी प्रेमले अँगाल्छन् । ती खुसीले रुन्छन् । उनी पितृवत् सुमसुम्याउँछन् ।
यसरी संसार घुम्दा उनले चढेको हवाइजहाजको टिकट मात्रै जोड्दा वर्षको '५० लाखभन्दा धेर' खर्च हुने रहेछ भन्छन् उनी । यो सबै उनी आफैं खर्चन्छन् ? 'भए पो खर्चनु यतिका पैसा ?' उनी हाँसे,'जसले बोलायो उसैले तिर्छ नि ।'
महिनाको दुई-चार लाखका लागि चमेना घरमा भाँडा माझ्न वा सब वेमा खानेकुरा बेच्न लाखौं खर्चेर, अनेकतिर धाएर र घरबारै छाडेर अमेरकिा भासिनेहरूका लागि स्वामीजी अपत्यारलिा मान्छे हुन् जोसँग सम्मानका साथ बोलाइएका ठाउँमा जाने पनि समय पुग्दैन ।
---
जनकपुरमा एउटा सानो गाउँ छ, लोहना । त्यहाँ ६५ वर्षअघि जन्मेको एउटा बालकले नाम पायो, अरुणकुमार सिंह । अरुणकुमारका बाबु केदारप्रसाद भारतीय टेलिग्राफ सेवाका कर्मचारी थिए र उनी पटनामा बस्थे । राणा शासन विरोधमा लागेका बीपी र नेपाली कांग्रेसका धेरै नेता उनकोमा आउजाउ गररिहन्थे ।
क्रान्ति सकिएपछि बीपीले उनलाई बडाहाकिम बनाइदिए । बाबु जताजता जान्थे, अरुणकुमार उतैउतै जान्थे । उतिबेला पाठशाला थिएनन् । उनले अनौपचारकि ढंगले पढेेर अक्षर फुटाए ।
बिहार मुजफ्फरपुरमा उनको मामाघर थियो र हजुरबा त्यहाँका जमिनदार । उनले नानीलाई बोलाएर स्कुल हालिदिए । पहिलोपटक उनी स्कुल जान थाले, सात कक्षामा । पढाइ उनको राम्रै थियो । इन्जिनियरङि पढ्न बिहार युनिभर्सिटीमा पुगिसक्दा उनी योग, ध्यान र साधनामा मज्जैले लागिसकेका थिए । पाठ्यक्रमका विरसिला पुस् तकभन्दा पर गान्धी, अरबिन्दो र विवेकानन्दलाई पढ्न थालिसकेका थिए । उनले माछामासु हुँदै अन्न पनि खान छाडे । आनन्दमूर्ति, महेश योगी, अनुकूलचन्द्र ठाकुर आदि अनेक साधुबाट दीक्षा पनि लिए । तर उनको मनले कति गरे पनि शान्ति पाएन । भित्र कतै असन्तोषको दिव्य ज्वाला बलिरहेको हुन्थ्यो ।
यस्तैमा एक दिन आचार्य रजनीशको प्रवचनमा उनी पुगे । यो कुरो थियो सन् १९६९ मार्चको । रजनीश भन्ने मान्छे पनि यो संसारमा छ भन्ने कुरो अरुणकुमारले पहिलोपटक त्यसै दिन सुने र देखे पनि । देख्नेबित्तिकै उनी रजनीशका प्रेमी भए रे । खुसीले रोए रे । आनन्दले उपि|mए रे ।
पछि तिनै रजनीश ओशो भनिन थाले र तिनै ओशोबाट दीक्षित अरुणकुमारले नयाँ नाम पाए, स्वामी आनन्द अरुण -हेर्नुहोस तस्बिर, उनले सन्यास लिँदा ओसोको खुट्टामा लडिबुढी गरेको) । ओशोको साथ उनलाई असाध्यै आनन्दमय लाग्यो र उनी जीवनै उनकै वरपर बिताउने सुरमा थिए । 'तर उहाँले त्यसो गर्न दिनुभएन' उनी सम्झनाका पत्रैपत्र केलाइरहेका थिए, 'तिमी नेपाल गएर ध्यान केन्द्र खोल, हजारौं मान्छेको उद्धार हुन्छ भन्नुभो ।'
उनले जान्न भनेछन् । ध्यान केन्द्र खोल्ने ठाउँ छैन भनेछन् । रोएछन् । ओशोले टेरे पो !
'लोभी नबन' ओशोले भने रे, 'जाऊ, घरैमा गएर एउटा कोठामा ध्यान केन्द्र खोल ।'
यति भनेर एउटा कागजको चिर्कटोमा ओशोले लेखिदिएछन्, आशीष ध्यान केन्द्र । अब उनले यही नाममा घरमा एउटा ध्यान गर्ने ठाउँको आविष्कार गर्नुपर्ने भयो । ताहाचलमा सानो दुई कोठे घर थियो । एउटामा बाआमा बस्थे, अर्काेमा उनी । बडाहाकिमपछि पञ्चायत आउनुअघिसम्म हरेक प्रधानमन्त्रीका निजी सचिव भएका उनका बाबु र अहिलेको संसद्जस्तो उतिबेलाको सल्लाहकार सभाकी सदस्य आमा सुमित्रा सिंहलाई एउटै छोरो जोगी हुने भो भन्ने पीरले गाल्नु गालिसकेको थियो । ध्यान र योगको कुरो सुन्नेबित्तिकै उनीहरू झर्किन्थे ।
गुरुका कुरा टार्न नसकेर आनन्द अरुणले आफ्नै कोठालाई ध्यानस्थल बनाए । बाहिर बोर्डमा ठूला अक्षरले उही चिर्कटोलाई सारििदए र लेखे, 'आशीष ध्यान केन्द्र' ।
चिच्याउने, रुने, कराउने र मनमा जे लाग्यो त्यो गर्ने ओशोको विशिष्ट पद्धति 'सक्रिय ध्यान' ले गर्दा घरमा मात्रै होइन, छिमेकमा पनि आनन्द अरुण अपि्रय भए । 'त्यतिबेला ताहाचल अनकन्टार थियो,' उनले बितेका दिन चिहाए, 'मान्छेहरू आउँदैनथे ।'
दिउँसो उनी एनसीसीएनमा इन्जिनियर थिए । पाँच हजार रुपैयाँ ऋण गरेर उनले ओशोका पुस्तक पुनादेखि किनेर ल्याए । साँझ नयाँ सडकको पिपलबोटमा उनी ती पुस्तक बेच्न बस्थे । त्यो पनि मानिसहरू हत्तपत्त किन्दैनथे ।
'पुस्तक मन नपरे पैसा फिर्ता' भन्ने वाक्य लेखेर उनले पिपलबोटमा टाँगिदिए । कति मानिसहरू लग्थे, मन परेन पनि भन्थे तर पैसा होइन सट्टामा अर्काे पुस्तक लैजान्थे । 'त्यो देख्दा खुसी नै लाग्थ्योे,' उनी फुरुङ्ग देखिए, 'ओशोको प्रचार गर्नु न थियो ।' युवक और क्रान्ति, साइलेन्ट एस्प्लोजर, नारी और विद्रोहजस्ता पुस्तकका नाम थिए । अञ्चलाधीशलाई कसैले पोल लगाइदिएछ, यी पुस्तक राजनीतिक हुन् । 'हो साप !' बुझ्न आएको हवलदारले हाकिमको कान भरििदएछ, 'यसले त बम बनाउने पुस्तक बेच्दोरहेछ साप !' अनि त उनी थुनामा परहिाले । पन्ध्र दिनको तारखि पनि भोगे । किताब जफत भयो । 'त्यसपछि मैले कहिल्यै किताब बेच्न सकिनँ' उनले भने, 'पुँजी नै जफत भो नि ।'
एक दिन पुनामा ओशोको प्रवचन सुन्दै गर्दा उनले त्यो पुस्तक जफत गर्ने अञ्चलाधीशलाई ध्यान गररिहेको भेटे । 'अरे, दवाडी सर ?' उनले जिब्रो टोकेछन्, 'तपाईँ यता कसरी ?' जवाफमा उनले भने रे, 'तपाईँले डुबाइहाल्नु भो नि, त्यो किताब पढेपछि ओशोलाई नभेटी बस्नै सकिनँ ।'
---
कालान्तरमा धेरै दवाडीहरू निस्किए जो ओशोलाई पढेपछि ध्यान नगरी र सन्यास नलिई बस्न सकेनन् । बिस्तारै आशीष ध्यान केन्द्रमा नअटाउने गरी मानिसहरू आउन थाले । तपोवनमा अन्तर्राष्ट्रिय कम्युन खुलेको पनि २० वर्ष पुगिसक्यो । यसबीच ८० देशका सयौं सहरमा ओशो कम्युन, आश्रम र ध्यान केन्द्र खुलेका छन् । ओशोले आफ्नो जीवनकालमा १० लाख मान्छेलाई दीक्षा दिएका थिए रे । आनन्द अरुणले पनि ६५ हजार चेला बनाइसकेका रहेछन् । उनले के पनि सुनाए भने ओशोका १० लाख चेलामध्ये उनी जीवनै अन्तरयात्रामा सुम्पिने असाध्यै कम चेलामा पर्छन् र ओशोपछि सबभन्दा धेरै दीक्षा दिने उनी नै एक्ला हुन् ।
---
जीवन कति चाँडै बित्दोरहेछ ! कति चाँडै समय बदलिने रहेछ ! यो सम्झेर स् वामीजी जिल्ल पर्छन् ।
ओशोलाई उनले भेटेको हिजै जस्तो लाग्छ । यतिका वर्ष बितिसकेछ । उनलाई सन्यासी बनाउने ओशोले पृथ्वी छाडेको पनि दुई दशक बितिक्यो । आज शनिबार आशीष ध्यान केन्द्र खुलेको ३६ वर्ष पुग्दै छ । यसबीच अनेक परविर्तन देखे स् वामीजीले । तर ओशोप्रतिको आफ्नो प्रेममा कहिल्यै घटबट देखेनन् ।
२०६६ मंसिर ५ - चालीस वर्षपूर्व द्वारिका साधना शिविरमा ओशोसँग पहिलो व्यक्तिगत संवादमा उहाँले भन्नुभएका दुई कुरा मलाई स्मरण छ, जसले मेरो जीवन-जीवनको मार्गदर्शन बन्न गयो र हजारौं व्यक्तिको जीवनमा परिवर्तनको सूत्रधार बन्न गए । ओशोको पहिलो अभिव्यक्ति थियो, नेपाल ठूलो आध्यात्मिक सम्भावना बोकेको देश हो । तिमीले समर्पित भावले मिहेनत गर्यौ भने पूरै नेपालमा मेरो ध्यानको सन्देश र दर्शन फैलनेछ । दोस्रो, उहाँले सोध्नुभयो, 'तिमीलाई जीवनमा आनन्द के कुरामा आउँछ ?' 'नयाँ-नयाँ ठाउँको यात्रा गर्नु मेरो सबैभन्दा रूचिकर विषय हो' भनी मैले उत्तर दिएँ । ओशोले हाँस्दै भन्नुभयो, 'तिमी साधना गरेर लायक बन्यौ भने मेरो सन्देश फैलाउन म तिमीलाई सारा संसार घुमाउँछु ।' ४० वर्षपूर्व ओशोका यी अभिव्यक्तिमाथि विश्वास गर्ने मसँग न कुनै आधार थियो, नत कुनै आत्मविश्वास । यो कुरा अरूलाई सुनाउँदा अरू पनि हाँस्थे ।
अध्ययन सकेर नेपाल फर्केपछि मैले इन्जिनियरिङको पेसासाथै गुरुको आज्ञाअनुसार तहाचलस्थित आफ्नो सानो घरमै ध्यानकेन्द्रको सुरुआत गरेँ । सुरुका वर्षमा बडो कठिन संघर्ष, तपस्या र विरोधका बाबजुद रोपिएको यो ओशो मुभमेन्टको बीउ आज हुर्किंदै नेपालबाट झाङ्गिएर भारतमात्रै होइन, विश्वका अनेक महत्त्वपूर्ण देशमा आफ्नो शाखा-प्रशाखाको विस्तार गरिरहेको छ । ओशोको अर्को अभिव्यक्ति त्यसरी नै फलिभूत हुँदैछ । सुरुका दिनमा नेपालका विभिन्न जिल्ला ध्यानको प्रचार-प्रसारका लागि मैले खुब भ्रमण गरेँ । यस प्रयासबाट नेपालका विभिन्न भागहरूमा ओशो ध्यानकेन्द्रहरू स्थापित भए, आज तिनको संख्या ७२ पुगेको छ । यही सिलसिलामा कन्याकुमारीदेखि केदारनाथसम्म र पञ्जावदेखि आसामसम्म भारतका विभिन्न सहरहरूमा धेरैपटक भ्रमण गरेँ, सयकडौं ध्यान शिविर सञ्चालन भए, ध्यानकेन्द्र तथा आश्रमहरू खोलिए र हजारौंले दीक्षा लिए ।
वर्षका धेरै समय मैले विदेश यात्रामा बिताइरहनुपरेको छ । यसैक्रममा हामी प्रत्येक वर्ष अमेरिका, क्यानाडा, प|mान्स, जर्मनी, इङल्यान्ड, इटली, हलेन्ड, स्वीट्जरल्यान्ड, नर्वे, युक्रेन, रसिया, मलेसिया, सिंगापुर इत्यादि देशमा पुग्ने गरेका छौं । हाम्रो यात्राको उद्देश्य आध्यात्मिक भए पनि भ्रमणको दरम्यान त्यस देशका विभिन्न विषयवस्तुहरू नियालेर अवलोकन गर्न पाइन्छ र उनीहरूको भौतिक प्रगतिको चमत्कार देख्न पाइन्छ । यसैक्रममा आफ्नो देशको अवस्था र दुर्गतिको टडकारो बोध हुनथाल्छ ।
विदेश गएपछि त्यहाँ हरेक वर्ष देखिने प्रगतिले आफ्नो देशको यथास्थितिवाद र दिनौंदिन भइरहेको दुर्गतिले पिरोल्छ । प|mान्समा प्रतिघन्टा ३०० किमिभन्दा तीव्रगतिमा दौडने टीजीभी टे्रन चढ्दा एक सुखद आश्चर्य लाग्छ । तर त्योसँगै आफ्नो देशको जनकपुर-जयनगर रेलवेको याद आउँछ, जसले १८ माइलको यात्रा पूरा गर्न २१ औं शताब्दीमा ३ घन्टा लगाउँदा हाँसो र पीडाको मिश्रति अनुभव हुन्छ । टीजीभीमा यात्रा गर्दा म कल्पना गर्छु, मेचीदेखि महाकालीको यात्रा ३ घन्टामा पूरा गर्न सकिन्छ । काठमाडौंबाट रक्सौल पुग्न १ घन्टा पनि लाग्दैन । ५० वर्षपूर्व हाम्रै हाराहारीमा रहेका चीन र जापानले योभन्दा पनि तीव्रगतिले चल्ने टे्रन बनाइसके । भारतले पनि दिल्लीदेखि कोलकाता र मुम्बई ५ घन्टामा पुग्न सकिने टे्रनको निर्माण योजना गर्दैछ ।
हाम्रो देशमा ५० वर्षदेखि सुन्दै आएको छु, रेल चलाउने कुरा । दुनियाँमा रेलवेको सञ्जाल १९ औं शताब्दीमै फैलिसकेको हो । यसमा हामी २ शताब्दी पछाडि छौं । अहिलेको परिस्थितिमा प्रगतिप्रति कुनै उत्सुकता र आशा पनि देखिँदैन । विकसित देशका सर्वमान्य संस्कृति हुन्- सफाइ, समयको अनुशासन तथा अरूको स्वतन्त्रताको सम्मान ।
संसारका महानगरहरूमा लाखौं गाडीहरू दौडिन्छन् । मस्को सहरमा मात्रै ६० लाख गाडी दौडिन्छन् । तर हर्न बजाएर कानै चिर्नेगरी आतंकित पार्ने कहीं चलन छैन । हामीकहाँ ट्रक, बस र सबै सवारीसाधनले पनि थरीथरीका गीतको भाका बोकेका चटके हर्नहरू बजाउनु उनको अधिकार हो भन्ने रवाफ देखाउँछन् । हाम्रा समवेदनशीलता गुमाउँदै गएका यी गुरुजीहरूलाई यो ध्वनि अनुशासन सिकाउने कुनै टिकाउ प्रयासै हुँदैन । संसारभरि नै रोड दुर्घटनाहरूमा मानिसहरू हताहत हुन्छन् तर त्यही कारणले बाटो बजार भने कहीं बन्द हुँदैन ।
प|mान्स र स्वीट्जरल्यान्डको ट्राफिक व्यवस्था देखेर म दंग परेँ । त्यहाँ साइकल चलाउनेले सडकमा प्राथमिकता पाउँछ । व्यक्तिको जीवनको त्यहाँ त्यति सम्मान छ कि बाटोमा साइकलवालाले पास नदिएसम्म सबै साधनहरू साइकलवालाको पछिपछि ताँती लगाएर हिँड्नु पर्नेरहेछ । त्यस्तो परिस्थितिमा साइकलवालालाई पेलपाल गरेर ओभरटेक गर्नु अपराध मानिन्छ । त्यहाँको ट्राफिक व्यवस्थाको मैले मुक्तकण्ठले प्रशंसा गरेको देखेर प|mेन्च मित्रहरूले मलाई सोधे, 'तिमीहरूकहाँ नियम कानुनहरू कस्ता छन् ?' मैले भनेँ, नियम कानुनहरू हामीकहाँ पनि धेरै राम्रा छन् । फरक यति हो कि हामीकहाँ कोही पनि नियम कानुनमा बस्न मान्दैनन् ।
विदेशमा बाटोघाटोदेखि सार्वजनिक शौचालयसम्म बडो सफा र व्यवस्थित राखिन्छन् । हामीकहाँ भने पीडा विमानस्थलबाटै सुरु हुन्छ । यत्रो कर र एयरपोर्ट शुल्क लिएर पनि पहिले त एयरपोर्टमा समान बोक्ने ट्रलीकै खडेरी
थियो । गैरआवासीय नेपालीहरूले यो समस्या देखेर आफ्नैतर्फबाट ट्रली उपलब्ध गराइदिएका छन् । अन्य समस्याहरू जहाँको तहीं छन् । शौचालयमा कहिल्यै पानी हुँदैन, साबुन हुँदैन, ट्वाइलेट पेपर हुँदैन, ड्रायर बिगि्रएको हुन्छ । यही देखेर एनआरएनका मित्रहरूलाई मैले ठट्टामा भन्ने गरेको छु, अब हाम्रो एयरपोर्टको शौचालयको व्यवस्थापन पनि गैरआवासीय नेपाली मित्रहरूले नै लिनुपर्यो, अनिमात्र यो अन्तर्राष्ट्रिय विमानस्थल भन्न सुहाउँछ ।
सबैभन्दा अपमानको बोध त्यतिखेर हुन्छ, जब अरू देशका मानिसहरू खुरुखरु गइरहेका हुन्छन्, तर नेपाली हरियो पासपोर्ट देख्नेबित्तिकै विदेशी अध्यागमन र भन्सारले नेपालीलाई अनावश्यक केरकार गर्न सुरु गर्छन् ।
आधा शताब्दीपूर्व हाम्रा छिमेकी र दुनियाँका अधिकांश मुलुकहरूको आर्थिक र सामाजिक विकासको अवस्था हाम्रोजस्तै थियो । विगत केही वर्षहरूमा एसियाकै हाम्रै छिमेकी केही देशहरूका विकासोन्मुखी नेताहरूको प्रयासले ती देशहरू अविकसित देशको श्रेणीबाट एकैचोटि विकसित मुलुकको स्तरमा फड्को मारिसके ।
चीनका देन स्याओ पिंगले माओको कठोर साम्यवादलाई, लि क्वान युले मानवअधिकारका धारणालाई, मलेसियाका महाथीर मोहम्मदले इस्लामिक आकांक्षाहरूलाई, मनमोहन सिंहले भारतले वर्षौंदेखि पेवा राखेको समाजवादलाई नेपथ्यमा थन्क्याई आर्थिक विकासलाई प्रमुख मुद्दा बनाई निरन्तर लागिरहे । अनेक विरोध खेपे, तर खुट्टा कमाएनन् । आर्थिक प्रगतिका यी संवाहकहरूले आफ्नै देशका अनुदार यथास्थितिवादीबाट अनेक विरोध खेपे, तर जनताले गरिबी र पछौटेपनबाट केही उन्मुक्ति र आर्थिक समृद्धिको सुख पाइसकेपछि यी सबै नेताहरूले देशमा मात्र इज्जत कमाएनन्, विश्व परिदृश्यमा आफ्नो नौलो र साहसिक पहिचान कायम गरे । सैद्धान्तिक र राजनीतिक विवादलाई थाती राखी तीव्र विकासका मौलिक मोडेलहरूको प्रयोग गरेर देशलाई प्रगतिको केही खुडकिलो चढाएपछि मात्र अरू कुरा निकाल्नुपर्छ भन्ने कुरा हामीले सिक्नैपर्छ ।
यो ५० वर्षमा हामीले विकासको सचेतन प्रयास गरेनौं, खालि राजनीति गर्यौं र आज पनि हाम्रा राजनेताहरूको भनाइ र व्यवहार हेर्ने हो भने विकास उनीहरूको प्राथमिकतामा पर्दैन । उनीहरूमा खालि अरूको खोट र गल्ती निकाली जनता उत्तेजित गर्ने, विकास र आर्थिक प्रगतिको लागि समय नखर्ची खालि सैद्धान्तिक मतभेदमै समय बिताउने बानी छ ।
नेपालजस्तो प्रकृतिले सुन्दर र समृद्ध बनाएको देशलाई पनि गरिब बनाइराख्ने राजनेताहरूको क्षमता देखेर विदेशीहरू छक्क पर्छन् । हामी गरिब कुनै आर्थिक सम्भावना नभएको भएर होइन, हामी गरिबीको दर्शनले डसिएका र गरिबी मनोविज्ञानले पीडित छौं । हामी पनि समृद्ध हुन सक्छौं भन्ने ह्याउ नै हाम्रो टुटिसकेको छ । देश चलाउने नेताले समृद्ध नेपालको खाका कोर्नसट्टा सानातिना विषय लिएर मुस्किलले चलिरहेका कलकारखाना, उद्योग, यातायात बन्द गराउनमै आफ्नो पुरुषार्थ देख्छन् ।
जसरी भगीरथले आफ्नो त्याग र तपस्याले स्वर्गमा लुकेकी गंगालाई पृथ्वीमा उतारेर हजारौं आफ्ना पुर्खालाई मुक्ति दिए, त्यस्तै समृद्धिको गंगालाई नेपालमा उतारेर दरिद्रता, अपमान र आत्महीनताको यो दुष्चक्रमा फँसेका हामी २ करोड ७५ लाख नेपालीलाई दरिद्रताको प्रेतयोनिबाट मुक्त दिलाउने भगीरथको पर्खाइमा नेपाल आमा छिन् ।
२०६६ कार्तिक १७ - साधना शिविर सञ्चालनको क्रममा यसपटक युरोपमा छँदा नेपाली दैनिकहरूमा प्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्ति पढ्न पाएँ । उहाँले आदरणीय प्रचण्डलाई तपोवनमा गई ध्यान गर्ने सुझाव दिनुभएको रहेछ । यो भनाइका दुई पक्ष हुन सक्छन् । पहिलो हो- राजनीतिक । राजनीतिमा यस्ता घोचपेच चली नै रहन्छन्, जो हामी साधकका लागि विशेष सरोकारको विषय भएन, तर त्यसको अर्को पक्ष छ । सरकार प्रमुखले व्यक्तिको रूपान्तरणका लागि तपोवनलाई सम्झनु र तपोवन जाने सुझाव दिनु तपोवनको स्थापना र विकासमा जीवन अर्पित गर्ने व्यक्तिलाई औधी खुसी लाग्नु स्वाभाविक थियो । म मात्रै होइन, नेपालका ६५ हजार ओशो संन्यासी तथा लाखौंं ओशोका पाठक र प्रेमीका लागि योभन्दा ठूलो सम्मानजनक अर्को अभिव्यक्ति के हुन सक्थ्यो र ? यस अतिरिक्त अध्यात्ममा अभिरूचि राख्ने जोसुकैलाई पनि जनताका लागि निर्णय गर्ने व्यक्तिले केही समय शान्त भई आँखा चिम्लेर आत्मचिन्तन र आत्मशुद्धिमा बिताए उनीहरूको हृदयमा करूणा र विवेकको जन्म हुन्थ्यो । उनीहरूका निर्णय अझ विधायक र सिर्जनात्मक हुने थिए भन्ने इच्छा रहन्छ । त्यही आशाले पनि होला, मैले भेट्ने देश-विदेशका मुर्धन्य बुद्धिजीवीले पनि राजनेताहरूलाई पनि ध्यान गराउनुपर्यो भनी सल्लाह दिइरहन्छन् ।
समस्यै-समस्याको भुमरीले घेरिएका प्रधानमन्त्रीलाई तपोवनको याद आउनु र साधनालाई पनि समाधानको विकल्पको रूपमा बुझ्नु एक सुखद र शुभसंकेत हो । यस्तो भावनाले व्यावहारिक रूप लिनपाए देशको शान्ति प्रक्रियामात्र नभई नेपाली राजनीतिको गुणात्मक उध्र्वगमनमा पनि ठूलै सहयोग पुग्ने थियो ।
साधनामा लाग्ने हामीले त जीवनका अनेक समस्याबाट मुक्त हुन व्यक्तिलाई ध्यानमा आमन्त्रण दिनु स्वाभाविकै हो । सर्वमान्य अनुभव के हो भने सारा समस्या उब्जिन्छन्, मनको अचेत अवस्थाबाट । स्वयम्को अस्मिता र अहंकारले गर्दा आफूलाई मात्र सबभन्दा बढी जान्ने, बुझ्ने र श्रेष्ठ मान्नेे मनुष्यको जन्मजात स्वभाव हो । आफूप्रतिको यही भ्रामक ठम्याई नै संसारका सारा विवादको जड हो । त्यसको एकमात्र उपचार मैले आत्मशुद्धि र आध्यात्मिक रूपान्तरणमा मात्र देख्छु, किनभने यसले संसारका सारा समस्याको मूल अहंकारको बोध गराउँछ, अहंकारलाई काँटछाँट गरी आफ्नो सही ठाउँ र आकारमा सीमित गर्छ । मानिस शान्त, स्वस्थ र विनम्र बन्छ । यसले 'मेरै गोरुको बाह्रै टक्का' नभनी अरूको विचार र परिस्थितिलाई पनि राम्रोसँग बुझ्ने, सम्मान गर्ने र आफ्ना कमी-कमजोरीलाई पनि हेर्ने र आवश्यक परेमा आफ्नै धारणामा पनि समयानुकूल परिमार्जित गर्ने अन्तर्दृष्टि प्रदान गर्छ ।
सन्त कवीरका यी पद स्वाध्यायका यस्तै अन्तदर्ृष्टिबाट जन्मेका हुन् ।
बुरा जो खोजन मै चला, बुरा न मिलिया कोय ।
जो दिल देखा आपना, मुझसा बुरा न कोय ।
-म संसारमा नराम्रो मान्छे खोज्न हिँडेँ, नराम्रो
कहीं भेटिन । जब मैले आफूभित्र हेरेँ, मभन्दा नराम्रो कोही देखिन ।)
कवीरको यो अभिव्यक्ति प्रत्येक इमानदार आध्यात्मिक साधकको पनि अनुभव हो । जो व्यक्ति एकान्तमा बसेर शान्तभावले अन्तरअवलोकन गर्छ, उसले मात्र आफ्ना कमी-कमजोरी र अपूर्णताहरू देख्न सक्छ । यही आत्मविश्लेषण नै साधना हो । यस्तो अन्तरमनन गर्ने व्यक्तिले अर्काको दोषैदोष मात्रै नदेखी आफ्ना दोष पनि देख्न थाल्छ । यस्तै स्वस्थ मनले मात्र संसारलाई यथार्थगत रूपमा देख्न सक्छ र संसारका धेरै कलह स्वतः शान्त हुन्छन् ।
साधारणतः सामान्य व्यक्तिसँग आत्मविश्लेषण गर्ने न क्षमता हुन्छ, न समझ, न वातावरण न मार्गदर्शन । त्यस्तो लाचार व्यक्तिले जब अरूको विश्लेषण गर्न थाल्छ, आफ्नै दोषी मनले अरूको दोषैदोषमात्र देख्न थाल्छ । त्यसैले अध्यात्मको ठम्याई यो छ कि यो संसार एक प्रक्षेपण हो । यहाँ हामी आफ्नै विचार र धारणाहरूलाई अरूमाथि प्रक्षेपित गरेर हेर्ने गर्छौं । त्यसकारण हामी सबै एउटै संसारमा बस्दैनौं । सबको आ-आफ्नो कल्पनाको निजी संसार छ । एउटै छानोमुनि बसे पनि हामी साना-साना आफ्नै पर्खाल बनाएर बसेका हुन्छौंं । एउटै पार्टी र सिद्धान्तमा हिँड्नेहरूका पनि आ-आफ्नै गुट र उपगुटहरू हुन्छन् । जति मन छन्, त्यति नै संसार ।
यस्तै अनुभूतिबाट भगवान महावीरले अनेकान्तवाद वा स्यातवादको सिद्धान्त प्रतिपादित गरेका छन् । अनेकान्तवादले भन्छ, यो जगतमा कुनै पनि विचार, सिद्धान्त या व्यक्ति पूर्ण हुन सक्दैन । सबै विचार आफैंमा अपूर्ण हुन्छन्, त्यसका विपरीत सिद्धान्तमा पनि सत्यको केही अंश हुन्छ । नराम्रादेखि नराम्रा व्यक्तिका पनि राम्रा पक्ष हुन्छन् र राम्रादेखि राम्रा व्यक्तिका पनि केही कमी-कमजोरी हुन्छन् । यो मानव स्वभावजन्य कुरा हो । संसारमा कुनै पनि चिज पूर्ण दोषरहित र पूर्ण दोषी हुन सक्दैन ।
महात्मा गान्धीकी आमा पुतलीबाई कवीरपन्थी थिइन् र गान्धी हुर्केका गुजरातमा जैन धर्मको गहिरो प्रभाव छ । त्यसैले गान्धीमाथि कवीर र महावीरको स्पष्ट प्रभाव देख्न सकिन्छ । यसैबाट प्रेरित भएर गान्धीजीले राजनीतिको आध्यात्मीकरणको कठिन प्रयास गरे । उनको स्पष्ट विचार के हो भने लक्ष्यमात्र पवित्र भएर हुँदैन, लक्ष्य प्राप्ति गर्ने साधन पनि पवित्र हुनुपर्छ । घरलाई कालो रंगले पोत्दै एकदिन यो घर सेतो भएर टल्किन्छ भन्ने कल्पना गर्नु सत्यलाई वस्तुगत रूपले नबुझी एक भ्रामक स्वप्न खडा गर्नु हो । बन्दुकबाट शान्ति आउँछ भन्नु यस्तै कल्पना हो । बन्दुक उठाएर क्षणिक रूपमा कसैलाई तर्साउन त सकिएला, तर उसको अत्यान्तिक रूपान्तरण भने कहिल्यै गर्न सकिँदैन । बन्दुकको खतरा र व्यर्थता गान्धीजीले देखेका मात्रै होइनन्, त्यसको विकल्पको प्रयोग सफल गरेर पनि देखाइदिए । आफ्नो निष्ठामा उनी सधैं अडिग रहे र संसारको सबैभन्दा शक्तिशाली राष्ट्रलाई प्रेम र अहिंसाको अस्त्रले पराजित गरिदिए । विश्वको अगाडि एक नयाँ दृष्टान्त प्रस्तुत गरे । यो दृष्टान्त आज पनि जीवितै छ, आजको परिस्थितिमा हाम्रालागि अझ सान्दर्भिक देखिन्छ ।
महात्मा गान्धी हप्तामा एकदिन मौन बस्दथे र आत्मशुद्धिका लागि उपवास, भजन-कीर्तन र स्वाध्याय गरिरहन्थे । उनको हरेक प्रवचन प्रार्थनाबाट सुरु हुन्थ्यो र कीर्तनमा समाप्त हुन्थ्यो । महात्मा गान्धी व्यक्तित्व कलाको हिसाबले राम्रो वक्ता थिएनन्, तापनि उनको इमानदारी र सत्यको शक्तिले उनका प्रत्येक शब्द मानिसको हृदयमा प्रवेश गर्थे । उनका साधारणजस्ता देखिने अभिव्यक्ति पनि सम्पूर्ण राष्ट्रकै अभिव्यक्ति बन्थ्यो । यसको विपरीत शब्द समायोजनमा पारङ्गत उत्तेजक भाषण गर्ने हाम्रा नेताका अभिव्यक्तिले कसैको हृदय छुँदैन । बरु सुन्नेहरूलाई ती शब्दको खोक्रोपन र त्यसको पृष्ठमूभिमा लुकेको स्वार्थले तिक्तबोध मात्र गराउँछ ।
विलक्षण प्रतिभा जे. कृष्णमूर्ति भन्ने गर्थे, मानिसले आफ्नो सामान्य रूटिनबाट हटेर केही समय आफ्नो परिमार्जनका लागि निकाल्नुपर्छ । छुट्टै शान्त र आध्यात्मिक परिवेशमा, प्रकृतिको सान्निध्यमा, संगीतमा, अध्ययनमा, ध्यान र आत्मचिन्तनमा समय बिताउनुपर्छ । नत्र उसका सबै क्रियाकलाप यान्त्रिक हुन जान्छन् । प्रत्येक दिन एउटै खाले मानिसहरूबाट घेरिएर एउटै माहोलमा बस्ने, त्यही त्यही कुरा बारम्बार सुन्ने र गर्ने बानीले मनुष्यको मन विस्तारै समवेदनहीन, जड र असिर्जनात्मक बन्दै जान्छ । त्यसकारण कृष्णमूर्ति आफ्ना आश्रमहरूलाई रिटि्रट सेन्टर भन्ने गर्थे ।
प्रत्येक वर्ष कृष्णमूर्ति भारत आउँदा नेहरू परिवारले उनलाई बोलाएर बढो समादरले आतिथ्य गथ्र्यो र उनका कुरा बडो आदरपूर्वक र महत्त्व दिएर सुन्थ्यो । जटिल परिस्थितिबाट गुजि्ररहेको भारतको सत्ता चलाउने यी परिवारका सदस्यहरू आनन्दमयी मां, कृष्णमूर्ति, ओशो, साईबाबालाई समादरपूर्वक भेट्थे तथा रमण र अरविन्दो आश्रमको भ्रमण गर्थे । यस्तै आध्यात्मिक व्यक्तिहरूको सल्लाहअनुसार उनीहरू सरकार प्रमुखको जटिल कार्यव्यस्थताबाट समय निकाली रिटि्रटमा जाने उनीहरूको परम्परा थियो । गान्धीलाई सम्भिmने हो भने भारतीय स्वतन्त्र संग्रामका बेला जब कंग्रेसका नेताहरूमा ठूलो विवाद उठथ्यो, गान्धीजीले उनीहरूलाई केही दिन रमण आश्रम या अरविन्दो आश्रममा गएर बस्ने सल्लाह दिन्थे । संसारका सबै महत्त्वपूर्ण व्यक्तिहरूले कुनै र कुनै रूपले आफू यान्त्रिक हुनबाट जोगिन आफ्ना दैनिक कार्यतालिकाबाट हटेर विश्राममा जाने गर्छन् । यसबाट उनीहरूले केही गुमाउँदैनन्, पछि अझ बरु उत्साह, शान्त मन, स्वस्थ शरीर, सिर्जनात्मकता र नयाँ दृष्टिले भरिएर फर्किन्छन् ।
दुर्भाग्यवश, हाम्रा देशका मुर्धन्य व्यक्तिहरूमा विश्राम लिने यस्तो संस्कृति विकास हुन सकेन । राजनीतिको महत्त्वपूर्ण स्थितिमा पुगेका व्यक्तिगत रूपले मैले चिनेका मेरा मित्रहरूको जीवनचर्या मैले नजिकबाट देख्ने मौका पाएको छु । देश र जनताका लागि जीवनका महत्त्वपूर्ण कालखण्ड उनीहरूले संघर्ष र त्यागमा उत्सर्ग गरे । तर एउटा ओहदामा पुगेपछि एक स्वार्थी, महत्त्वाकांक्षी र लोभीहरूको जमातले उनीहरूलाई केन्द्र बनाएर घेरेपछि जुन जनताका लागि उनीहरू त्यहाँ पुग्ो, त्यही जनताबाट उनीहरू टाढिएको स्थिति देखिन्छ ।
सानातिना सोर्स-सिफारिसदेखि नियुक्तिका लागि आउने, दिनरात स्तुतिगान गरेर आफ्नै स्वार्थपूर्तिका लागि यथार्थबाट टाढा पुरयाइदिने भाटहरू र प्राप्त पद जोगाउन निरन्तर गरिरहनुपर्ने दाउपेच र सम्झौताहरूले गर्दा उनीहरूसँग नयाँ चिन्तन पैदा हुने पृष्ठभूमिकै अभाव हुन जान्छ । अत्यधिक मनोवैज्ञानिक असुरक्षा र तनावले पनि उनीहरूलाई गाँजिरहेको
हुन्छ । यस्तो असुरक्षाबाट बच्न कि त धन संग्रह गर्नुपर्यो, कि रक्सीको शरणमा जानुपर्यो । यस्तो प्रवृत्तिले क्षणिक सुरक्षा र निकासको भान त देला, तर वास्तविक समस्या झन् जटिल हँुदै जान्छन् ।
समाजका विविध क्षेत्रका निणर्ायक व्यक्तित्वहरूले आफ्नो दैनिक रूटिनमा केही समय निकाली तपोवनजस्तो प्राकृतिक र आध्यात्मिक स्थलमा बीचबीचमा आई केही दिन स्वाध्याय, साधना र विश्राममा बिताउनुभयो भने उहाँहरूको जीवनमा नयाँ चिन्तनको पृष्ठमूमि बन्ने थियो । व्यक्तित्वमा एक विधायक परिवर्तन पक्कै आउने थियो उहाँहरू अझ
समवेदनशील बन्नुहुन्थ्यो । यसबाट उहाँहरूले गर्ने निर्णयहरू अझ लोककल्याणकारी र सिर्जनात्मक
Swami Dhyan Amrit reflects upon the meditation camp at Tornto and the development in the greater Toronto area after Sw Arun's recent visit to Canada. Read the article here
Google re-includes Osho Tapoban's website in Google search results after suspending it over copyright violation charges.
On 27 February 2008, Osho Tapoban's main website www.tapoban.com along with other 17 URLs related with Tapoban's webpage were suspended and removed from the Google search pages. The Google Team informed Tapoban that they had suspended access to the above URLs after being notified that Tapoban was violating the copyrights of others over the use of Osho's lectures, pictures, signature and meditation. Google stated,"Google has been notified, according to the terms of the Digital Millennium Copyright Act (DMCA), that some of your materials allegedly infringe upon the copyrights of OIF."
Relating to the suspension of Tapoban's URLs, on 14 March 2008, Osho Tapoban sent a counter complaint to Google Legal Support to reinstate the suspension directive and permit access to Tapoban's URLs in its search results. The compalint was made in pursuant to the related sections of the Digital Millenium Copyright Act (DMCA).
On our request for information following the counter notification placed by OshoTapoban, Google informed us that it was being processed legally. Osho Tapoban's website had already been suspended for almost 2 months from Google search results and we were eagerly waiting for a response from Google relating to the counter notification.On 21 April 2008, Osho Tapoban received another notice from Google stating that our counter complaint had been processed and Tapoban's website were being re-included in the Google search results. Google notified, "In accordance with the Digital Millennium Copyright Act, we have completed processing your counter complaint dated 3/14/08. The following webpages have been re-included:….."
We thank our legal advisors and friends who supported us during this legal process and helped us re-establish our URLs that are contributing much to help us spread the true message of our beloved master OSHO.
आनन्दको यात्रा - घनश्याम खड्का

ghanashyam.khadka@gmail.com
- http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=4875
गरिबीको प्रेतयोनिबाट मुक्तिको उपेक्षा - स्वामी आनन्द अरुण

Original article i at http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=4810
सिर्जनात्मक लोककल्याणकारी राजनीति:स्वामी आनन्द अरुण (कान्तिपुर)
Read this article in Kantipur online at
सिर्जनात्मक लोककल्याणकारी राजनीति: स्वामी आनन्द अरुण
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=3749

हुने थिए ।
osho@tapoban.com
NRN at Tapoban Coverage by Kantipur (Nepali)
News sections on The Annapurna Post. (Nepali)
Swami Arun Visits the US
An Article in Viha Connection magazine. The full article can be downloaded as a PDF file
A Spark to Light a Wildfire: Sw.Anand Arun & Canada
Swami Dhyan Amrit reflects upon the meditation camp at Tornto and the development in the greater Toronto area after Sw Arun's recent visit to Canada. Read the article here
Google re-includes Osho Tapoban's website after suspending it.
An Article in Sannyasworld
Google re-includes Osho Tapoban's website in Google search results after suspending it over copyright violation charges.
On 27 February 2008, Osho Tapoban's main website www.tapoban.com along with other 17 URLs related with Tapoban's webpage were suspended and removed from the Google search pages. The Google Team informed Tapoban that they had suspended access to the above URLs after being notified that Tapoban was violating the copyrights of others over the use of Osho's lectures, pictures, signature and meditation. Google stated,"Google has been notified, according to the terms of the Digital Millennium Copyright Act (DMCA), that some of your materials allegedly infringe upon the copyrights of OIF."
Relating to the suspension of Tapoban's URLs, on 14 March 2008, Osho Tapoban sent a counter complaint to Google Legal Support to reinstate the suspension directive and permit access to Tapoban's URLs in its search results. The compalint was made in pursuant to the related sections of the Digital Millenium Copyright Act (DMCA).
On our request for information following the counter notification placed by OshoTapoban, Google informed us that it was being processed legally. Osho Tapoban's website had already been suspended for almost 2 months from Google search results and we were eagerly waiting for a response from Google relating to the counter notification.On 21 April 2008, Osho Tapoban received another notice from Google stating that our counter complaint had been processed and Tapoban's website were being re-included in the Google search results. Google notified, "In accordance with the Digital Millennium Copyright Act, we have completed processing your counter complaint dated 3/14/08. The following webpages have been re-included:….."
We thank our legal advisors and friends who supported us during this legal process and helped us re-establish our URLs that are contributing much to help us spread the true message of our beloved master OSHO.
Sw Swaram reflects on his experience at Osho Tapoban
Sw Swaram Reflects on his experience at Osho Tapoban. Read the article at Sannyasnews.com
Articles in Freenepal.com
- Read Sw Arun''''s Articles in www.freenepal.com as a regular feature. [Read here ]
The Engimatic Engineer
Read an Article on Sw Arun in "Spaces" Magazine entitled
"THE ENIGMATIC ENGINEER" Read online Version [here]
Article in ECS
Article on Osho Tapoban in ECS, a travel and tourism magazine in Jan 2007 Issue.
Read Here
Coverage in Wave Magazine
Wav Mag, a youth Magazine in its April issue covered Osho Tapoban and its activities.The Page can be found here
Education is meaningless without compassion
See the coverage on
http://www.nepalnews.com/archive/2007/apr/apr22/news13.php
Osho Rajneesh is the only hope...
Osho Rajneesh is the only hope for this totally spent-up and decaying civilization
- Swami Anand Arun
A five point interview published on Nepalnews.com
The whole interview can be found at http://www.nepalnews.com/archive/2007/others/five_questions/jul/five_question01.php