Sw Anand Arun article in Kantipur Koseli ओशोसंग पहिलो भेट – स्वामी आनन्द अरुण

Sw Anand Arun article in Kantipur Koseli ओशोसंग पहिलो भेट – स्वामी आनन्द अरुण

ओशोसंग पहिलो भेट – स्वामी आनन्द अरुण
मंसिर ५ –
तपाईंको जीवनको सबभन्दा सौभाग्यशाली दिन कुन हो-‘ कसैले प्रश्न गरे म भन्नेछु। २९ मार्च १९६९, शनिबारको दिन।

यो त्यही दिन हो, मैले गुरु भेटेको दिन, आचार्यश्री रजनीशको दर्शन पाएको दिन † संसारका सबै चीजलाई बिर्सन सकू“ला तर यो अलौकिक क्षणलाई म कहिल्यै विस्मरण गर्न सक्नेछैन। दियोले ज्योति नभेटेसम्म त्यो उज्यालो हु“दैन, नदीले समुद्र नभेटेसम्म त्यो शान्त हु“दैन। साधक पनि गुरु नभेटेसम्म तृप्त हु“दैन। त्यस भेटले मेरो जीवनमा मात्र क्रान्ति ल्याएन, अनेक देशका हजारौं व्यक्तिको जीवन रूपान्तरणको कारण बन्यो।

स्कुले जीवनदेखि नै मभित्र अध्यात्मको खोज थियो। विश्वविद्यालय पुग्दासम्म मैले अनेकौं आश्रमहरू चहारिसकेको थिए“, त्यस बेलाका उत्तर भारतका नाम चलेका अनेक गुरुलाई मैले भेटिसकेको थिए“। तर पनि मेरो मनको छटपटी शान्त भएको थिएन। म व्यग्र थिए“, मभित्र एक गहन बेचैनी थियो। मैले कतै पनि आध्यात्मिक विश्रान्ति पाउन सकेको थिइन“। गुरुको खोजमा म भौतारिरहेको थिए“। एउटा आध्यात्मिक यात्रीका लागि यो पीडादायी अवस्था हो।

धेरै गुरु र तिनका आश्रममा घुम्दाघुम्दा र तिनलाई नजिकबाट नियाल्दा मलाई अध्यात्म एक पाखण्ड पो हो कि भन्नेसम्म शंका लाग्न थालिसकेको थियो। धर्मप्रति नै वितृष्णा हुन लागेको थियो। ती तथाकथित आश्रमहरूमा भनिन्थ्यो एउटा तर गरिन्थ्यो अर्कै।

अधिकांश आश्रममा महिला र पुरुषबीच भेटघाट पनि गर्न दिइन्नथ्यो। स्वाभाविक वृत्तिहरूलाई अस्वाभाविक रूपले दबाउने शिक्षणहरूको कारणले गर्दा कतिपय ठाउ“मा समलिंगी र अन्य विकृतिहरू हर्ुर्किरहेको मैले देखेको थिए“। ओशोको उदयपछि धार्मिक जगत्मा केही उदारता आएको छ तापनि धेरैजसो आश्रमहरूमा यी विकृतिहरू अहिले पनि विद्यमान छन्।

स्त्री र पुरुषको बीचमा जति ठूलो पर्खाल लगाइन्छ त्यति नै बढी त्यसको प्रतिक्रिया पनि हुन्छ। मनुष्य सामान्य नैर्सर्गिक वृत्तिहरूलाई नकारेर मानिसलाई अस्वाभाविक तथा पाखण्डी बनाउने ती सम्प्रदायहरूको यस्तो तमासा र विकृतिका कारण धर्मबाट वितृष्णा भएर म साम्यवादीहरूको विचारतिर आकषिर्त भइरहेको थिए“। जीवन र समाज परिवर्तनको बाटो खोज्दै गान्धी, विनोवा भावे, जयप्रकाश नारायणदेखि विवेकानन्दसम्मको आदर्श पनि मैले पच्छ्याए“। यसरी मेरो उर्बर युवा समय अनेकथरी प्रयोग गर्दै बिनागन्तव्य बितिरहेको थियो।

२९ मार्चको त्यो त्यो दिन पटनाको सिन्हा लाइब्रेरीको सूचनाबोर्डमा टा“सिएको एउटा पोस्टरमा मेरा आ“खा पुगेछन्। ‘आज बेलुका यहा“ आचार्यजीको प्रवचन हु“दैछ’ त्यसमा लेखिएको थियो। तिनताका ओशोलाई आचार्य रजनीश भनिन्थ्यो। त्यतिबेलासम्म मैले त्यो नामै सुनेको थिइन“। त्यो पोस्टरमा आचार्य रजनीशको ऋषितुल्य अनुहार बडो दिव्य लाग्यो मलाई।

इन्जिनियरिङ छात्राबासका एक साथीलाई लिएर म प्रवचन सुन्न गए“। जोगी साधुहरूस“ग सक्दो नजिक हुने मेरो पुरानै बानी हो। त्यही इच्छाले म सबभन्दा अगाडिको पंक्तिमा गएर बसे“। ठीक ६ बजे आचार्यश्री आइपुग्नुभयो। त्यतिबेला ओशो ३७ वर्षो हुनुहुन्थ्यो। धपक्क बलेको कान्तिमय अनुहार र सुगठित युवा शरीर थियो। मलाई उहा“को शारीरिक सौर्न्दर्यमा एक दिव्यताको बोध भयो। मैले कुनै पनि पुरुष शरीरमा सौर्न्दर्य र कान्ति पहिले देखेको थिइन“।

त्यस दिन ओशोले कालो चप्पल लगाउनुभएको थियो, निख्खर सेतो लुङ्गी र सेतै सल थियो। बाक्लो कालो दाह्री र धपक्क बलेको अनुहार थियो। उहा“को परिधान र अनुहारमा एउटा अभिजात्यपन मैले देखे“। उहा“को हि“डाइ हावामा सिमलको भुवा उडेजस्तो थियो, बडा शान्त, सौम्य र आत्मविश्वासले परिपर्ूण्ा।

अघिल्तिरको आसनमा ध्यानस्थ भएर उहा“ बस्नुभयो। आचार्यश्री आफ्नो सर्म्पर्कमा आउने हरेक चीजलाई बडो जीवन्त व्यवहार गर्नुहु“दोरहेछ। त्यस दिन उहा“ले आफूलाई चढाएको फूलमालालाई कलात्मक रूपले समातेर मिलाएको मानौं कुनै जीवित वस्तुलाई झैं सम्हालेर राखेको देखेर उहा“ अत्यन्त संवेदनशील, कोमल र पर्ूण्ा बोधले भरिएको व्यक्तित्व लाग्यो। पातमाथि शीतझैं हल्कास“ग आसनस्थ बसेको दृश्यले मलाई आह्लादित गर्‍यो।

प्रवचन सुरु गर्नुअघि तिनताक ओशो कुनै साधिकलाई भजन गाउन लगाउनुहुन्थ्यो। कबीरका भजन उहा“लाई प्रिय थिए। एकजना मधुर स्वर भएकी सुन्दर महिलाले त्यस दिन कबीरको भजन गाइन्। मलाई पनि कबीरवाणीले भित्रसम्म छुन्छन्। फागुनमा उष्ण प्रदेशहरूमा वसन्त लागिसकेको हुन्छ। यतिबेला फूलहरू चारैतिर फुल्न थाल्छन्, घा“सहरूमा नया“ पालुवा आउ“छन्। हर्ेदै प्रकृति मोहक लाग्छ।

त्यसमाथि मनोरम गंगातटमा डुब्न लागेको र्सर्ूयको फैलिएको सन्ध्या लाली, कबीरको भजन, बुद्धपुरुषको सान्निध्य † मलाई सहज समाधि लागेजस्तो भयो। आचार्यश्रीलाई मैले पहिले पनि कतै भेटिसकेको देजाभुको आभास भयो। उहा“लाई मैले हेरिरह“दा एक गहिरो आत्मीयता र आकर्षा मनमा प्रबल भएर आयो। ‘आचार्यश्री कति सुन्दर छन् हगि !’ मैले छात्रावासको सहपाठीलाई भने“। अनि के पनि थपे“ भने, आचार्यजी यो लोकका मान्छेजस्तै लाग्दैनन्।

साथीले निधार खुम्च्यायो। ‘खास त्यस्तो के छ र यो मान्छेमा-‘ उसले भन्यो, ‘खै म त कुनै आभा देखिरहेको छैन !’

तिनताक भारतमा देवानन्द चलेका नायक थिए। कलेजमा पनि उनका खुब प्रशंसकहरू थिए। ‘देवानन्दको तुलनामा आचार्यजी केही पनि होइनन् †’ मेरो साथीले बडा बेवास्तापर्ूवक भन्यो, ‘देवानन्द धेरै अग्लो र राम्रो छ।’

उसलाई मैले कर गरेर ल्याएको थिए“। उसलाई प्रवचनमा कुनै रस थिएन। प्रेम भएन भने दृष्टिमा कुनै गहिर्राई नहु“दो रहेछ। आज पनि अत्यन्त भावले अध्यात्मका गहन र सन्दरतम् कुरा गर्दा अनेक असंवेदनशील व्यक्तिहरूमा त्यो साथीमा जस्तै उदासीनता देखेर त्यो दिनजस्तै मलाई पीडा हुन्छ। जस्तो दृष्टि उस्तै श्रृष्टि।

त्यो आलौकिक पृष्ठभूमिमा कबीरको भजन सुनेपछि म भावुक भए“, आ“सु बग्न थाले। म त रुन थालेछु। रुमाल झिकेर आ“सु पुछ्न थाले“।

भजन सकिएपछि उहा“को प्रवचन सुरु भयो।

‘मेरे प्रिय आत्मन्… !’

तिनताक उहा“ बोल्नुअघि सुन्न आउनेलाई जहिल्यै यसरी सम्बोधन गर्नुहुन्थ्यो। मानिसहरू बोल्नुअघि, दाजुभाइ तथा दिदीबहिनी, महिला तथा सज्जन वृन्द इत्यादि भन्थे। तर यसरी आत्मालाई सम्बोधन गरेको सुनेको थिइन“। यो सम्झेर म अझै भावुक भए“।

ओशो बोल्दै जानुभयो। उहा“को बोलीमा एक जादू थियो। म रु“दै गए“। आ“सुले मेरो कर्ुता भिज्यो। यस्तो लाग्यो, मेरो जन्मजन्मान्तरको क्लेश आ“सु बनेर निस्किए र म हलुका हु“दै गए“। जन्मजन्मान्तरदेखि हराएको कोही आत्मीय व्यक्ति भेटेजस्तो भयो।

ओशोले परम् स्वतन्त्र जीवन बिताउनुभयो। कहिल्यै कसैस“ग सम्झौता गर्नुभएन, कहिल्यै कुनै कुरामा बा“धिनु पनि भएन। तर आत्मअनुशासनमा पनि उहा“ परम् नै हुनुहुन्थ्यो। ओशो समयनिष्ठ हुनुहुन्थ्यो। भनेको समयमा आउनुहुन्थ्यो र निर्दिष्ट समयमा प्रवचन टुंग्याउनुहुन्थ्यो।

ठीक एक घन्टाको प्रवचनपछि प्रश्नोत्तरको कार्यक्रम सुरु भयो। ‘गौहत्याको बारेमा तपाईंंको के धारणा छ-‘ उहा“लाई त्यस दिन गरिएको यो पहिलो प्रश्न थियो।

ओशोले भन्नुभयो, ‘म हत्याको विरोधी हु“। हत्या भनेको हत्या नै हो, त्यो खसीको होस् कि गाईको ! कुनै वासना वा भोजनका लागि कसैलाई पीडा दिनु अमानवीय कृत्य हो। गाई र खसीमा म भेदभाव गर्न सक्दिन“। सबै हत्या हत्या नै हुन्। गौहत्या त्यति नै ठूलो पाप हो जति ठूलो पाप अरू कुनै जनावरलाई मार्नु।’

ओशोका कुरा वैज्ञानिक, तार्किक थिए। त्यसैले मैले त्यसको विरोध गर्न सकिन“। तर गाईलाई साक्षात् आमाको अवतार मान्दै आएको र परम्परागत हिन्दू परिवेशमा संस्कारित मभित्र अनकौं धार्मिक पर्ूवाग्रह थिए। गौहत्या र अन्य जनावरको हत्यालाई समान मान्ने ओशोका विचारले मेरो त्यो पर्ूवाग्रहमा निकै ठूलो चोट पुर्‍यायो। तर मेरो हृदय भित्रभित्रै ओशोको उपस्थितिस“ग समस्वरतामा मग्न भइरहेको थियो।

प्रकाशित मिति: २०७१ मंसिर ६ ०८:०८


Share this Post:

Related Posts: