स्वर्ग बन्न सक्दैन पृथ्वी? Sw Anand Arun Article in Nagarik News

स्वर्ग बन्न सक्दैन पृथ्वी? Sw Anand Arun Article in Nagarik News

हाम्रो देशमा समस्याहरू प्रत्येक दिन जटिल हुँदै गइरहेका छन्। संविधान जारी गर्ने यस्तो संवेदनशील क्षणमा अनेक चुनौती र खतरनाक परिस्थिति सिर्जना भएको छ। अहिलेको बन्द, हडताल, हिंसात्मक प्रदर्शन र उत्तेजक बयानबाजीहरू यसैका उपज हुन।

यो गरिब र प्राकृतिक प्रकोपले व्यथित देश अझ अस्थिर हुँदै गइरहेको छ। यो भयावह स्थितिबाट हरेक चिन्तनशील नेपाली दुःखी छ। समस्त नेपालीको एउटै चिन्ता छ— यसको समाधान के होला?हुनत त दुनियाँका हरेक देशमा आफ्नै खाले समस्या छन् र यस्ता समस्या जटिल बन्दै गइरहेका छन्। यसको कारण के हो भने विकासको जुन प्रारूप हामीले अँगालेका छौं त्यो एकांकी छ, जबकि मनुष्य जीवन बहुआयामिक छ। हाम्रो विकास एक दिशामा एक सरल रेखाजस्तो अगाडि बढिरहेको छ। मानिसकै परिप्रेक्षमा, मानिस शरीरमात्रै होइन, बुद्धिमात्रै होइन, उसमा हृदय पनि छ, भावना पनि छ; उसँग शान्त चित्तमा प्रकट हुने आत्मा पनि छ। हाम्रा ऋषिहरूले के भनेका छन् भने हामीस”ग एउटा शरीरमात्रै छैन, पाँच शरीरहरू छन्। अन्नले बनेको अन्नमय शरीर छ भने प्राणऊर्जाद्वारा निर्मित प्राणमय शरीर पनि छ। त्यसभित्र विचारहरूले बनेको मनोमय शरीर छ। अझ त्यसभित्र निरपेक्ष ध्यानले बनेको विज्ञानमय कोष छ र सबैभन्दा माथि आनन्दमय कोष छ। यसको मतलव, हाम्रो अस्तित्व बहुआयामी छ। हामी अहिले या त भौतिक विकासमा लागेका छौं या त बौद्धिक विकासमा। योभन्दा बढी हामीले सोचिरहेका छैनौं। तर मनुष्य शरीर र बुद्धिमात्रै होइन। मनुष्य हुनुको ठूलो गौरव यही हो कि उसको संरचनाका अनेक आयाम छन्। शरीर त जनावरको पनि छ। यदि शरीरमै जिउने हो, भोजन र कामकै लागि सारा समय खर्चिने हो भने मनुष्य र जनावरमा के फरक? यसरी त हामी पनि दुईखुट्टे जनावर नै हुने भयौं। हामी जनावरभन्दा फरक हुनुमा एक महŒवपूर्ण आयाम हाम्रो विवेक हो र हामीमा बुद्धि विलासको स्वतन्त्रता छ। तर साधारणतः त्यो बुद्धि नै हाम्रो लागि ठूलो समस्या बनेर आउँछ। जति बढी मानिस बुद्धिमानी हुन्छ त्यति नै तनावग्रस्त र विशादपूर्ण भएको हामी देख्छौं।

कबीरको एक प्रसिद्ध उद्गार छ— ‘सुखिया सब संसार खावै और सोवै।’ यो संसार खान्छ, सुत्छ, यसैमा सुखी छ। ब्रेड र सेक्समै रमाउ”छ। ‘दुखिया दास कबीर जागे ओर रोवै।’ कबीर दुःखी छन् किनभने उनमा होस् र जागरण छ र संसारको मूढता देख्न सक्छन्। कबीर भन्छन्— ‘जति हेर्छु संसारको त्यतिकै मलाई चिन्ता लाग्छ, पीडा लाग्छ र म रुन्छु।’ किनभने संवेदनशील मानिस बुद्धिभन्दा माथि करुणामा जिउ”छ। उनीहरू यो संसारमा दन्केको दुःखको आगो कम गर्न हरसम्भव प्रयासरत हुन्छन्। चेतनाको पूर्ण शिखर प्राप्त गरेका महापुरुषहरू सबै प्राणीमात्रको जीवनस”ग समस्वरतामा जिउँछन्। उनीहरूको संवेदनशीलता यति उच्च हुन्छ कि अरूको पीडालाई आफ्नै पीडाझंै बोध गर्छन्। प्राणीहरूलाई दुःखबाट मुक्त हुने अनेक उपाय सुझाउँछन् र ‘सर्वे भवन्तु सुखिनः’ को प्रार्थना गर्छन्।

मानिसका समस्याहरूलाई समाधान गर्ने समग्र उपाय जबसम्म हामीले अवलम्बन गर्दैनौं तबसम्म समस्याहरूको दुष्चक्रमा हामी फसिरहनेछौं। हाम्रो जीवन अनेक आयामहरूको सम्मिलित एकाइ भएकाले सामान्य बुद्धिले मात्र समस्याहरू सुल्भि्कँदैनन्। हामी शरीरमात्रै होइनौं, बुद्धिमात्रै पनि होइनौं। तर हाम्रा शिक्षा प्रणाली र विश्वविद्यालयहरूले यो सत्यलाई स्विकारेको छैन। उनीहरू खालि बौद्धिक खुराक प्रदान गर्नेमै व्यस्त छन्। योभन्दा माथि उठेर एक समग्र जीवनको लागि खासै प्रयास भइरहेको पाइँदैन। शारीरिक शिक्षामा पनि खासै उल्लेख्य ध्यान गएको छैन। शरीर र बुद्धिभन्दा माथिको हृदय जुन अत्यन्त संवेदनशील छ, त्यसको लागि स्वस्थ खुराक र प्रशिक्षण छैन। हृदयको भोजन प्रेम हो, सौन्दर्य हो, संगीत हो, करुणा हो। यसको विकास गर्ने कला अलि गहन भएकाले यसको लागि साधना चाहिन्छ। मानव जीवनको यस्तो उच्चतम आयामको विकासका लागि संसारले ध्यान दिइरहेको छैन किनभने साधारणतः मानिसहरू यसको आवश्यकता नै ठान्दैनन्। हाम्रो सभ्यता भौतिकवादबाट बौद्धिकतामै गएर टुंगिएको हुनाले समस्याहरूको रास लागेको हो। श्री नरेन्द्र मोदीजीकै भाषामा ऋषिमनले मात्र समस्याहरूको सही पहिचान र उचित समाधान पहिलाउन सकिन्छ। बुद्धिले मात्रै समस्या समाधान गर्न खोजे त्यो समाधान नै अर्को समस्याको कारण बन्न जान्छ।

अहिलेको युगमा ऋषिमन कहा”बाट पैदा गर्ने? यो एक कठिन सवाल हो। यसको सम्भावना पनि कम देखिन्छ। किनभने यसको विकासको लागि वातावरण छैन, शिक्षण छैन र धेरैलाई चाहना पनि छैन। त्यसैकारण यो जेट युगमा ओशोले देखाएको मार्ग सुपथ्य, सुरुचिपूर्ण र व्यावहारिक देखिन्छ। यसका लागि हामी स–आवधिक सन्यासी, वैरागी या योगी बन्न सक्छौं। सावधिक संन्यासीको मतलब आफ्नो कामधन्दामा पनि बस्ने र साधनालाई पनि समय दिने। २२ घन्टा संसारलाई दिऔं, एक घन्टा बिहान र एक घन्टा बेलुका जोगी–संन्यासीको रूपमा आफ्नो साधनालाई दिऔं। त्यस बेला व्यापार, व्यवसाय र कामलाई पूरै बिर्सिदिऔं। शरीरको लागि योग गरौं, सबल प्राण शरीरको लागि प्राणयाम गरौं, शान्त मनस् शरीरको लागि राम्रो साहित्य पढौं, जीवन रूपान्तरणका प्रवचनहरू सुनौं। विज्ञानमय शरीरको लागि ध्यान गरौं। यी चार आयामलाई मिलाउने हो भने यो सानो प्रयास प्रसाद बन्न सक्छ। उपनिषद्ले के भन्छन् भने अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष र विज्ञानमय कोष यी चारै कोष स्वस्थ र सामञ्जयसमा भए भने आनन्दमय कोषको प्राप्ति हुन्छ। मनुष्य जीवन आनन्दले ओतप्रोत हुन्छ। यो मानव जीवनको उच्चतम उपलब्धि हो। जबसम्म यी चारै शरीरले आफ्नो पोषण पाउँदैनन् जति धन थुपारे पनि, जति शक्ति हातमा आए पनि, जति मानसम्मान अरूबाट पाए पनि, जति वस्तुहरूको भोग गरे पनि हामी वास्तवमा दुःखी, चिन्तित र तनावग्रस्तै रहन्छौं र एक दुःखी संसार निर्माण गरिरहेका हुन्छौं। समाजका समस्याहरू जटिल हु”दै जान्छन्, अन्ततः मनुष्य स्वयं दुःखी हुन्छ। अरूको दुःखको कारण बन्दै जान्छ।

यो युगमा दिनभरि ध्यान, साधना गर्ने सुविधा छैन। अहिलेको अर्थतन्त्रले कसैलाई दिनभरि यसमा समय खर्चिने मौका पनि दिँदैन। हामी सिर्जनशील नभईकन, समाजमाथि भार भएर, कसैस”ग मागेर खाने आशा गरेर अब मनोवैज्ञानिक रूपले स्वस्थ जीवन जिउन सम्भव छैन। मागेर अन्न त कसैले देला तर अन्नबाट मात्रै समग्र जीवन चल्दैन। बुद्धिजीवी व्यक्तिलाई कम्प्युटर चाहिन्छ, मोबाइल फोन पनि चाहिन्छ, पत्रपत्रिका चाहिन्छ र अनेक ग्याजेटहरू चाहिन्छन्। यो कसले भिखमा दिन्छ? यो त आफ्नै पौरखले कमाउनुपर्छ। यो कमाउन केही पेसा गर्नैपर्छ। त्यसैले २२ घन्टा हामी प्रोफेसनल बनौं, र दुई घन्टा हामी योगी बनौं। बिहानको एक घन्टा हामीले सांसारिक जञ्जालबाट मुक्त भएर योग गर्यांोै भने शरीर पुष्ट र स्वस्थ हुन्छ, एकान्तमा बुद्धपुरुषहरूका प्रवचन र साहित्य पढ्यौं भने त्यसले आफूलाई बु‰न मद्दत पुग्नेछ। र, सानो ध्यानको प्रयोगबाट मन र बुद्धिलाई पनि विश्राम मिल्छ। यस्तो विश्रामपूर्ण मन लिएर हामी संसारमा गयौं भने त्यसको सुगन्ध अर्कौ हुन्छ। जस्तोसुकै जटिल व्यवसाय, व्यापारमा लागे पनि त्यसले हामीलाई आत्माको विस्मरण गराउँदैन, पूरै बेहोसीमा फसाउँदैन। त्यस्तै आफ्नो कामधन्दाबाट जुन प्रपञ्च बोकेर बेलुका हामी घर फर्किन्छौं, त्यसबाट पनि मुक्त हुन चेतनाको स्नानका लागि योग र ध्यान जरुरी छ। यो साधनाले रात्रि पूर्ण विश्राम र ध्यानपूर्ण निद्रामा प्रवेश गर्न मद्दत पुग्छ। यो साधारण निद्रा नभई योगनिद्रामा परिणत हुन्छ। एक घन्टा विहान र एक घन्टा बेलुका वैरागी र जोगी जीवन जियौं भने हामी आफैंस”ग परिचित हुन्छौं, हामीले आफैंलाई राम्ररी बुझ्छौं र ऋषि बन्न सक्छौं। यस्तो व्यक्तिको मन नै ऋषिमन हो जसले संसारमा जस्तोसुकै विषम समस्यालाई पनि कल्याणकारी समाधान दिन सक्छ। यसरीमात्र संसार सुन्दर बगंैचा बन्न सक्छ। स्वर्गको हामीले धेरै परिकल्पना गरेका छौं, शास्त्रहरूमा त्यसको व्याख्या सुनेका छौं। स्वर्गमा सारा सुविधा हुन्छ, दुःख हुँदैन भनिन्छ। तर, मरेपछि कहाँ पुगिने हो के थाहा? यो पृथ्वी नै स्वर्ग बन्न सक्छ यदि हामीले स्वयंको बुद्धि, विवेक, प्रज्ञालाई थीर र कञ्चन राख्न सक्यौं भने। यस्तो ऋषिमनले यो परमात्माले दिएको यो सुन्दर पृथ्वीलाई नै स्वर्गको एक नूतन संस्करणमा परिणत गर्न सक्छौं। यो नै मानव चोलाको सार्थकता र उच्चतम उपलब्धि हो, आजको जटिल समस्याहरूको आध्यात्मिक समाधान पनि यही हो।


Share this Post:

Related Posts: